Ads

विष सेवन गरेर सिकिस्त भएकी अभिनेत्री बीसीको उपचारका क्रममा निधन


काठमाडौँ । विष सेवन गरेर गम्भीर बनेकी अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा आज चिकित्सकले मृत घोषणा गरेका हुन् ।  ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् । उनले अभिनय तथा नृत्य गरेको दर्जनौं म्युजिक भिडियोहरु पनि चर्चित बनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू