Ads

प्रहरीको हतियार लुट्नेहरु जेल चलान


विराटनगर । सुनसरीका दुई जना प्रहरीलाई आक्रमण गरेर हतियरा लुटपाट गर्ने गिरोहसहित पाँच जनाको समूहलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश भएको छ ।

मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो ।

अदालतको आदेशपछि मोरङ बुढीगंगा गाउँपालिका ५ का वर्ष २४ का म।नजरूल मियाँ सोही ठाउँका ४० वर्षे रिजवान मियाँ, सुनसरी दुहवी नगरपालिका – १ बस्ने ३१ वर्षे मोहमद अलि मुरताजा मियाँ, ३० वर्षे नजरूल मियाँ र दुहवी नगरपालिका ६ का ४० वर्षे मो। आलमलाई पूर्पक्षको लागि थुनामा राख्न कारागार चलान गरेको मोरङ अदालतले जानकारी दियो ।

कारागार चलान भएका समूहले भदौ २ गतेदेखि २२ गतेसम्म मोरङ र सुनसरीमा श्रृंखलाबद्ध लुटपाट गरेका थिए । विशेष प्रहरी परिचान गरेर उनीहरुलाई भदौ २२ गते ७ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको मध्ये एक जना नाबलक रहेका थिए भने ३० वर्षिय सिजाम आलमलाई अदालतले एक लाख रुपैयाँ धरौटी तोकेको छ ।
प्रहरीले रिजवान मियाँ र नजरूल मियाको घरमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल, १६ थान मोवाइल सेट, १२ थान मेमोरीकार्ड, १ लाख ७५ हजार २७५ रुपैयाँ नेपाली नोट ११ हजार ६०० भारतीय नोट, दुई थान मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले उनीहरुलाई डाँका चोरी र संगठित अपराध मुद्दा चलाएको थियो । जेल गएका समूहले सुनसरीमा डियुटिमा खटिएको प्रहरीको पेस्तोल र म्यागजिनबाट फायरिङ नभएपछि लुटेर समूहले आक्रमण गरेर उनीहरूको हतियार लुटेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू