Ads

टिकटक प्रतिवन्ध प्रति सत्ता साझेदार नेताकै आक्रोश


काठमाडौं । नेपालमा समेत लोकप्रियता कमाएको सामाजिक सञ्जाल टिकटक माथि प्रतिवन्ध लगाईएसँगै विभिन्न क्षेत्रबाट यसको विरोध भई रहेको छ । राजनीतिक दलका नेताहरुले समेत यसको चर्को आलोचना गरेका छन् । यसैक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्‍यो भनी प्रश्न गरेका छन् ।

मंगलबार विहान बसन्तपुरमा नेपाल संवतको नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशिभत्रका सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतको लामो बहस र छलफलपछि टिकटक बन्द गर्ने निर्णयमा पुगेको आशयको अभिव्यक्ति दिएका थिए ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, प्रमज्यूलाई प्रश्न छ, कुन सहमति हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल रु कहाँ भयो सहमति रु कहिले, कसले गर्‍यो सहमति ।

Ads

सम्बन्धित पोष्टहरू