Ads

डेढ अर्वको भाइ मसला: ३१ करोडको नरिवल, ७६ करोडको ओखर


काठमाडौं, तिहारको मुख्य दिन भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोडले बढि भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाइमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको छ ।

३१ करोडको नरिवल ७६ करोडको ओखर
भाइमसलाको रुपमा प्रयोग हुने नरिवल चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा नरिवल १९ करोड बराबरको आयात भएको थियो ।

भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको पहिलो दुई महिनामा २५ करोडको आयत भएकोमा यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू