Ads

पक्किपुल उपयोग विहिन, भाटेपुलबाटै ओहोर दोहोर


झापा, दक्षिणी झापा र मोरङ जोड्न रतुवा खोलामा बनार्ईएको पक्कि पुल वर्षौ सम्म उपयोग विहिन भएको छ । पक्कि पुल हेर्दै हेर्दै स्थानीय भाटाबाट निर्मित अस्थाई पुलबाट ओहोर दोहोर गर्न बाध्य छन् र।

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन नसकेको हो। अधकल्चो पक्की पुलमुनि बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।

बाँसको भाटाको पुलबाट खोला तर्दा पनि पैदल एक जनाको १०, साइकलमा ३० रुपियाँ र मोटरसाइकलमा ३० रुपियाँ तिर्नुपर्छ । सिटी तथा टेम्पोहरुले २ सय रुपियाँसम्म तिर्न बाध्य बनेको बताइएको छ । बाँसको पुल तर्नका लागि २ लाखमा गाउँपालिकाले नै ठेक्का लगाएको पाइएको छ । दैनिक ५ सय जनाभन्दा बढीको ओहोरदोहोर हुनेगरेको स्थानीयहरु बताउँछन् ।

तत्कालीन अवस्थामा मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुलको ठेक्का लगाएको थियो । सो समयमा कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको थियो । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का लिएर निर्माणको काम सुरु गरेको थियो । धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्था नबनेपछि धेरै समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष गैदार महतो बताउँछन् ।

हुलाकी राजमार्ग हुँदै गौरीगञ्ज गाउँपालिका ६ चिल्लारा र मोरङको दक्षिणपूर्वी रतुवामाई नगरपालिका ३ आमबारीलाई यसले जोड्छ । गौरीगन्ज गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा २ का वडाध्यक्ष श्रवण गिरीका अनुसार अहिले आफुहरुको ठूलो सपना र प्रतीक्षाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा सास्ती छ ।

Ads

सम्बन्धित पोष्टहरू