Ads

नेकपा एमालेको विशेष बैठक आज बस्दै


काठमाडौँ । नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा बैठकमा छलफल हुने एमालेले जनाएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू