काठमाडौं । बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएकाछन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा न. ८ कालागाउँका ३५ बर्षिय अमरसिंह बिष्ट रहेकाछन् ।
दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गईरहेको से १ ज ६०३ नम्बरको जीप घोडेधारको उकालोमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा कालागाउँकै ३०बर्षिय कलावती बिष्ट र ४५ बर्षिय हिरा बिष्ट रहेकाछन् ।
घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैगरी सामान्य घाइते हुनेमा ४ बर्षिय रियाग बिष्ट, ७ बर्षिय सुशिला बिष्ट र ६० बर्षिय पदम बिष्ट रहेकाछन् ।
प्रतिक्रिया दिनुहोस्