Ads

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद


कञ्चनपुर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए ।“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ ।” मन्त्री साउदले भने “कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।”

दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्र्दभमा अघि बढेको जनाउँदै उहाँले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताउनुभयो ।“यो मानशखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ ।

” उनले भने “भारतको पूर्णागिरी र डडेल्धुराको परशुरामधाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ ।”कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू