काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो पराकम्प नभएर नयाँ भूकम्प भएकाे पनि केन्द्रले जनाएकाे छ । कात्तिक १७ गते राति जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । त्यस यता थुप्रै पराकम्प गइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्