काठमाडौं । आयोजक भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
गुजरातको अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो ।
नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनायो । उसका लागि के।एल राहुलले ६६ रन बनाउँदा विराट कोहलीले ५४ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए ।
जवाफमा २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
अस्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेडले १ सय ३७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । ४७ रन जोड्दा ३ विकेट गुमाएको नाजकु अवस्थाबाट अष्ट्रेलियाको इनिङ्सलाई हेड र मानुर्स लाबुसेनले समालेका हुन् ।
चौथो विकेटका लागि उनीहरुले १ सय ९२ रनको साझेदारी गर्दै जितको आधार खडा गरे । लाबुसेनले अविजित ५८ रन जोड्दै टोलीलाई विजयी गराएका हुन् ।
जितसँगै अष्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेट जित्दा भारतको भने तेस्रो उपाधि जित्ने सपना चकनाचुर भयो ।
प्रतिक्रिया दिनुहोस्