Ads

छुर्पी निर्यात हुने क्रम बढ्दै


झापा\ निर्यात व्यापारमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छुर्पी निर्यात हुने क्रम बढ्दै गएको छ ।

छुर्पीको निर्यात भने बढिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो । आर्थिक वर्ष २०७९–८० को असोज महिनासम्ममा छुर्पी तीन लाख १९ हजार ५१२ किलोग्राम निर्यात भएको छ ।

जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा छुर्पी तीन लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८–७९ मा पनि दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो ।

नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिङ्गापुरलगायतका मुलुकमा कुकुरको खानाको रूपमा छुर्पी निर्यात हुने गरेको छ । विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात भइरहेको छ। अमेरिका, क्यानडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा अहिले कुकुर र बिरालोको खानाको रूपमा छुर्पी गइरहेको छ। अहिलेसम्म छुर्पीको सबैभन्दा धेरै निर्यात अमेरिकातर्फ हुने गरेको छ।

भोजपुरको छुर्पी बाह्य बजारमा

भोजपुरको पौवादुङ १ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन् ।  आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए ।

‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ’, राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’ आफू स्वरोजगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ ।

उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घरघरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू