काठमाडौं । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले मंसिर ७ गते काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ । मेडिकल व्यवसायी प्रसाईंले नेतृत्व गरेको अभियानमा अध्यक्ष मण्डलको एक सदस्य रहेका हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन् ।
यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुतलीसडक, माइतीघर र बानेश्वर क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र तोकेको छ । सोही दिन नेकपा (एमाले)को भातृ संस्था युवा संघले पनि काठमाडौंको कोटेश्वर–तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्