Ads

किसानले पाएनन् काउलीको मुल्य


सर्लाही\ काउलीले मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । उत्पादनको मुख्य समयमा कोबीको मूल्य नपाउँदा जिल्लामा तरकारी खेती गर्ने किसान मारमा परेका हुन् । यहाँका किसानले फूलकोबी अहिले मुस्किलले प्रतिकिलो १५ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् ।

चन्द्रनगर गाउँपालिका–३, कोइरियाही टोलका धनिपत महतोले यो वर्ष पानी नपरेर कोबी उत्पादन धेरै भएकाले आफू जस्ता कोबी खेती गर्ने किसानले मूल्य नपाएको गुनासो गरे । यस्तै गोडैता नगरपालिका–२, जयपुरका किसान पृथ्वी कुशवाहाले पनि यो वर्ष कोबी खेती गर्ने किसान उचित मूल्य नपाउँदा मारमा परेको बताए । १५÷२० रुपियाँ किलोमा कोबी बेचेर आफ्नो हैरानी र मल तथा विषादीको खर्च उठाउन मुस्किल रहेको उनी बताउँछन् ।

जिल्लाका चन्द्रनगर, किसनपुर, रामवन, जयपुर, कौडेना, सिमरा भगवतीपुर, घुर्कौली, अत्रौली, हजरिया, बरहथवा, मूर्तियालगायत ठाउँमा व्यावसायिक रूपमा फूलकोबीको खेती हुने गरेको छ । यहाँका किसानले उत्पादन गरेको कोबी गाउँकै हाटबजारसहित लालबन्दी, नवलपुर, हरिपुर, गैर, मलङ्गवा, बरहथवा, बयलबासलगायत मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा खपत भएर उभ्रिएको कोबी काठमाडौँसहित देशका विभिन्न बजारमा समेत निर्यात हुने गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू