Ads

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरु)


काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।

दुवै पक्षले माइतीघर मण्डलमा कार्यक्रम गर्न खोजेपछि सरकारले युवा स‌ंघलाई काठमाडौँको तीनकुने र दुर्गा प्रसाईं समूहलाई बल्खुमा कार्यक्रमस्थल तोकिदिएको छ।

बिहानैदेखि काठमाडौँका विभिन्न स्थानबाट जुलुसमा सहभागी भई आएका प्रसाईं पक्षधरहरू यतिखेर बल्खुमा जम्मा भएका हुन्।

केहीबेर अघि यहाँ युवा संघसँग समूहको झडप पनि भएको थियो।

प्रसाईं समूहले आज ठूलो मात्रामा काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि बताएको थियो। कति छन् त बल्खुमा प्रसाईं समूहका समर्थक?

Ads

सम्बन्धित पोष्टहरू