काठमाडौं\ इजरायल र हमासबीच स्थानीय समय अनुसार आज विहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । इजरारायल र हमास बीच युद्ध विरामका लागि मध्यस्तता गरेको मुलुक कतारका अनुसार सम्झौता बमोजिम आजै अपरान्ह ४ बजे पहिलो चरणमा १३ जना बन्धकलाई हमासले मुक्त गर्नेछ ।
यसअघि युद्ध विराम अघिल्लै दिन शुरु हुने बताइएको थियो । तर हमासकै कारण युद्धविराम शुरु हुन ढिलाई भएको इजरायलले जनाएको छ । सम्झौता अनुसार पहिलो चरणमा हमासले गाजाबाट बन्धक बनाएका ५० जनालाई रिहा गर्ने र त्यसको बदलामा इजरायलले इजरायलको जेलमा रहेका १ सय ५० जना प्यालेस्टाइनी कैदीलाई रिहा गर्नेछ ।
सैन्य कारवाही गरिरहेको इजरायलले गाजाको अल(शिफा अस्पतालका निर्देशकलाई इजरायली अधिकारीले सोधपुछका लागि हिरासतमा राखेका छन् । अस्पताललाई हमासले सुरक्षित कमाण्ड सेन्टरका रुपमा प्रयोग गरिरहेको प्रमाण फेला पारेपछि त्यस विषयमा थप अनुसन्धान गर्ने भएको छ । हमासले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।
बिपिनको रिहाईका लागि आग्रह
नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ । सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका लागि मार्गप्रशस्त गर्न हमास र इजरायलबिच तत्काल युद्धविराम गर्न भएको समझदारीको स्वागत पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्