Ads

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री अल–मुरैखीबीच शिष्टाचार भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका बारेमा छलफल भएको छ ।

शुक्रबार नै राज्यमन्त्री अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
अल–मुखैरी नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन् ।

 

Ads

सम्बन्धित पोष्टहरू