Ads

दुर्गा प्रसाईंको घरमा पुग्यो मानव अधिकारको टोली


काठमाडौं । ‘राष्ट्र बचाऔं’ महाअभियानका अभियान्ता एवम् मेडिकल व्यावसायी दुर्गा प्रसाईंको घरमा राष्ट्रिय मानव अधिकारको टोली पुगेको छ।

शुक्रबारदेखि सरकारको ‘अघोषित नजरबन्द’मा राखेकाे समाचार अएपछी प्रसाईंको घरमा राष्ट्रिय मानव अधिकारको टोली पुगेको हाे।

यद्यपि प्रसाईँ पक्षले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार गरेको बुझिएको छ। प्रसाईँलाई भेट्न नपाएपछि मानवअधिकार टोली फर्किएको छ।

शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शन गर्ने तयारीमा रह‍ेका उनलाई सरकारले भक्तपुरस्थित निजी निवासमा ‘नजरबन्द’मा राखेपछि मानव अधिकारको टोली त्यहाँ पुगेको हो। यतिबेला प्रसाईंको घरमा बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ छ।

काठमाडौं सिडिओ कार्यालयले आज तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको हो। यसका साथै प्रहरीले आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै पक्राउ गर्न थालेको छ।

 

Ads

सम्बन्धित पोष्टहरू