काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।
प्रसाईंको तर्फबाट डा. सुरेन्द्र भण्डारीले रिट दायर गरेका हुन्। प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रममा सहभागी हुन नपाउने गरी नजरबन्दमा राखिएको रिटमा उल्लेख छ।
संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकार हनन भएको भन्दै रिटमा प्रसाईंलाई अदालतमा उपस्थित गराई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्