काठमाडौँ । संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् ।
सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा छलफल जारी छ । बैठकमा समितिका कामकारबाहीका विषयका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ ।
संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोमा त्यसबारे समेत छलफल गरिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्