काठमाडाैँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् ।
मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको भनाइ छ ।
सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा साहले विचौलिया र दलालहरूको हिस्साको रूपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको बताए ।
उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे ।
अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढवा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।
त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।
प्रतिक्रिया दिनुहोस्