काठमाडाैँ । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
दुर्गा प्रसाईंको अभियानमा सहभागी भएर भड्किलो भाषण गरेपछि प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ’ नाम दिएर प्रसाईंले गरेको आन्दोलनका क्रममा श्रीनिवासले सोमवार भाषण गरेका थिए ।
भाषणका क्रममा भड्काउ खालका अभिव्यक्ति दिएपछि प्रहरीले तत्काल पक्राउ गरेको हो ।
आन्दोलनको पाँचौं दिनमा सोमवार प्रसाईं समर्थक गौशालामा भेला भएका छन् ।
प्रतिक्रिया दिनुहोस्