Ads

दुर्गा प्रसाईंका स्वकीय सचिव थापासहित १५ जना पक्राउ


काठमाडौं।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् ।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

प्रहरीले सोही घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ।

प्रहरी स्रोतका अनुसार आज पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्।

 

Ads

सम्बन्धित पोष्टहरू