Ads

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजका लागि पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक आव्हान गरेका छन् । सभापति देउवाले बुधबार दिउँसो १ बजे बस्नेगरी धुम्बाराहीस्थित आफ्नै निवासमा पार्टीको बैठक आव्हान गरेका हुन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न बैठक आव्हान गरिएको बताए । कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरेको छ । विधानअनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ । सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि हालसम्म १७ विभागका प्रमुख तोकिएको छ । प्रचार विभागमा सदस्यहरु थपिएपनि पूर्णता पाउन सकेको छैन । अन्य १६ विभागमा प्रमुख मात्रै छन् । हरेक विभागमा बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

Ads

सम्बन्धित पोष्टहरू