काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन यूएई जान लागेका हुन् ।
प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु भ्रमण टोलीमा रहने छन् ।
बिहीबार देखि दुबईमा सुरु हुने कोप(२८ सम्मेलनलाई प्रधानमन्त्री दाहालले मंसिर १६ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनले पारेको असरबारे आवाज उठाउने र यो मुद्दालाई नेपालले दरिलो रुपमा राख्ने प्रधानमन्त्री दाहालले बताइसकेका छन् । कोप-२८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुँदैछ ।
मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ।
उनी यूएई सरकारले आयोजना गर्ने ५२औँ एकता दिवसमा आयोजित समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्रीले सम्मेलनकै दौरान पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकारस् जलवायु संकटबाट हामीलाई कसले बचाउने छ रु’ कार्यक्रम आयोजना गर्नेछन् । हिमालको एजेन्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्