Ads

विपिनका बाआमा भन्छन्,–’समाचार हेर्दै रात बित्छ’


कञ्चनपुर ।  इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् ।

बुधबार गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरे । “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भनिन्, “समाचार हेर्दै दिन बित्छ ।”विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गर्छन् । उनले भने, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

Ads

सम्बन्धित पोष्टहरू