बैतडी \नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सरु गर्दैछ । वैतडीको झुलाघाटबाट अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उद्ध्घाटन गर्दैछन् । अभियानमा सहभागी हुन अध्यक्ष ओली सहितका नेताहरु हिजो नै बैतडी पुगिसकेका छन् । एमालेले मध्पहाडी राजमार्गले छोएका २६ वटा जिल्लामा तीन हप्ते लङ मार्चपास अभियान गर्न लागेको हो । पहाडी क्षेत्रको विकास र समृद्धिका नयाँ आयामहरु पत्ता लगाउन ,यस क्षेत्रका समस्याहरुका बारेमा स्थानीयबासीहरुसँग छलफल गर्न अभियान आयोजना गर्न लागिएको हो ।
पार्टीको मंसिर ६ गते बसेको केन्द्रिय कमिटीको बैठकले यो अभियानका कार्ययोजना पारित गरेको हो । झुलाघाट चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको यो यात्रा आगामी पुष २ गते समापन प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मले राजकारी दिए । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको एमालेले जनाएको छ ।
त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ । ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता(कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्