Ads

आज काठमाडौंका यी स्थानमा हुनेछ लोडसेडिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।

प्राधिकरणले टेकू सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रकाशित गरेको सूचनामा कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू