Ads

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आजदेखि सुरु (तस्बिरसहित)


काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएकाे छ।

नेपाल उद्याेग वाणिज्य महासंघले आयाेजना गरेकाे म‍ेलाकाे सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन्।

पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मेलाले सहयाेग पुर्‍याउने विश्वास महासंघले लिएकाे छ। मेलामा २१० वटा स्टलहरूमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएकाे छ।

साथै मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहेका छन्। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाइ छ।

मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ। मेला आजदेखि मंसिर १८ गतेसम्म हुनेछ।

फाेटाेफीचर:

 

 

Ads

सम्बन्धित पोष्टहरू