संखुवासभा\ संखुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजना प्रभावित क्षेत्रमा २ अर्ब रुपैयाँ भन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोट खोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।
आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरधुरी मध्ये दुई सय ९८ घरधुरीलाई मुआब्जा रकम वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाका लागि भोट खोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । अप्पर अरुण आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म ९५ प्रतिशत रकम वितरण गरिसेको वरिष्ठ सहायक भण्डारीको भनाइ छ । एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजना बाट ७ सय ८८ कित्ताका तीन सय १९ घरधुरी प्रभावित हुनेछन् । मुआब्जा वितरण र पहुँच सडक ठेक्का सम्झौता सकिए सँग आयोजनाले पहिलो चरणका काम पुरा गरिसकेको जनाएको छ ।
आयोजनाले भोट खोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयले मुआब्जा पाउने छन् । एक हजार ६३ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढाएको थियो । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्व २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।
प्रतिक्रिया दिनुहोस्