काठमाडौं । उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग गरेको छ ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको आरोपमा काठमाडौं जिल्ला अदालतले गरेको पुर्पक्षका लागि थुनामा पठाउने आदेशमा पुनरावलोकन गर्दै उच्च अदालतले यस्तो आदेश दिएको हो ।
त्यसैगरी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको छ भने रामशरण केसीलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका विषयष्मा भने न्यायाधीशरुको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणका विषयमा राय बाझिएपछि उनलाई तेस्रो न्यायाधीशकोमा पेश हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्