काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनले ९ जनालाई थुनामुक्त गरेको छ ।
पूर्वमन्त्री बालकृष्ण खाँणको हकमा भने न्यायाधीशद्वयको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले यसको छिनोफानो गर्नेछ ।
पुर्पक्षका लागि थुनामा रहेका १६ जनाले जिल्ला अदालत काठमाडौंको बेरितको आदेश बदर गरिपाउँ भनी निवेदन दिएका थिए । उच्च अदालत पाटनको आदेशअनुसार पाँचजना धरौटीमा र चारजना साधारण तारेखमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्