Ads

सुदुरपश्चिम सकेर कर्णाली प्रवेश


काठमाडौं \ नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्राको चौथो दिन आज सुदुरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउदै हिडेको टोली गएराती अछामको मंगलसेनमा बास बसेको छ ।

आज मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित राकममा बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार आजको बास दैल्ेख बजारमा हुनेछ । आजको यात्रामा बिनायक,राकम,जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ । दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो । मध्यपहाडको आर्थिक सामापिजक रुपान्तरणका लागि पक्षमा यो यात्रा जारी गरिएको एमलेले जनाएको छ ।
सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुष २ गते पूर्वी सिमा विन्दु पाँचथरको चिवाभञ्ज्याङ्मा पुगेर समापन हुनेछ ।

यसै क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाको लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रंगिएको छ । एमाले केन्द्रीय कमिटीले यही मंसिर १४ गते बैतडीको झलाघाटदेखि सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्वारका रूपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो ।

‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का शिलसिलामा पार्टीका अध्यक्ष ओलीसहित सिङ्गो हेडक्वाटर आउने भएपछि एमाले कर्णालीका नेता कार्यकर्ताहरुले निर्माण गरेका स्वागतद्धार, तोरण र झण्डाले राकम कर्णाली रंगिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू