Ads

१२ दिनमा २६ टहरा र ७ वटा कक्षाकोठा निर्माण


रुकुमपश्चिम । नेकपा एमाले दाङको स्वयंसेवक टोलीले भूकम्प प्रभावित रुकुमपश्चिमको आठविसकोट नगरपालिका १४ मा २६ वटा टहरा निर्माण गरेको छ । दाङ जिल्ला कमिटी र राष्ट्रिय युवा संघ घोराही कमिटीको संयुक्त टोलीले ५ जना गुमाएको एक परिवार साथै अन्य ४ परिवार गरी जस्तापातासहितको ५ वटा टहरा बनाएर हस्तान्तरण गरेको हो ।

त्यस्तै २१ परिवारमा अस्थायी टहरा ९जस्तापाताबाहेक० निर्माण गरिएको मिसनमा खटिएका टोलीका संयोजक एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । यो टोलीले एकापरिवारका ५ जनाको मृत्यु भएकाको परिवार साथै बिरु मल्ल, जुद्ध नेपाली, गणेश एमसी र अतिराम मल्लकोमा टिनसहितको टहरा बनाएर हस्तान्तरण गरेको छ ।

साथै जनविकास मावि टाकुराको क्षतिग्रस्त ६ वटा कोठाको भग्नावशेष बनाई ७ वटा नयाँ कक्षा कोठा निर्माण गरिएको छ । अन्य १७ घरको भग्नावशेष हटाइएको स्वयंसेवक टोलीमा रहेका युवा संघ लुम्बनीका सदस्य राकेश बुढाथोकी ‘गोल्डेन’ ले जानकारी दिए ।

भूकम्पले २९ जनाको ज्यान लिएको आठविसकोट नगरमा दाङ पार्टी र युवा संघको २८ जनाको स्वयंसेवक दस्ता १२ दिनदेखि परिचालित छ ।

Ads

सम्बन्धित पोष्टहरू