काठामाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रतिक्षाहलमा आगलागि भएको छ । आइतबार विहान प्रतिक्षाहलमा चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।
स्रोतका अनुसार चिन जान लागेका चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको हो । लगेजमा ल्यापटक पावर बैंकबाट चार्ज गरिराखिएको थियो । लगेजमा लागेको आगो तत्काल निभाइएको विमानस्थल स्रोत जानाएको छ ।
प्रतिक्रिया दिनुहोस्