Ads

राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारी दर्ता पुस २३ मा हुने


काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

निर्वाचन कार्यक्रम हेर्नोस्–

 

Ads

सम्बन्धित पोष्टहरू