काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । गएको सोमबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै बिहीबार स्थिर रहेर शुक्रबार घटे पनि आइतबार रेकर्ड कायम गरेको सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ८०० रुपैयाँले वृद्धि भएर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्