Ads

हिमपात हुँदा भुकम्प पिडीतको दैनिकी कष्टकर


जाजरकोट । चिसो बढे पछि जाजरकोट भूकम्पका पीडितहरूले पर्याप्त राहत पाउन सकेका छैनन् । बढि रहेको चिसोका कारण उनीहरुको को दैनिकी कष्टकर बनेको छ । गत कार्तिक १७ गते जाजरकोट भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटको उच्च भेगमा हिमपातसमेत भएको छ ।

भुकम्प पिडीत क्षेत्रमा लगातार परिरहेको सिमसिम पानी र बढ्दो चिसोका कारण त्रिपालमुनि दैनिकी गुजारी रहेकाहरूलाई जाडोले थप कष्टकर बनाएको छ। अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता बापतको रकम प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको भए पनि अधिकांश पीडितहरू अहिले पनि त्रिपाल मुनि नै बसिरहेका छन् ।

चिसोले ज्येष्ठ नागरिक, असहाय, दीर्घ रोगी र महिला तथा बालबालिकालाई धेरै असर गरेको छ । भूकम्पबाट जसोतसो बाँचेकाहरू चिसोले आत्तिएका छन् ।

आजको वर्षाले भूकम्पपीडितलाई थप समस्या निम्त्याएको स्वास्थ्यकर्मीले बताएका छन् । वर्षासँगै बढेको चिसोले झाडापखाला, निमोनिया, टाइफाइड जस्ता रोगको महामारी बढ्न सक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू