Ads

राष्ट्रिय जनगणनामा दलित समुदायको तथ्याङ्क बारे अन्तरक्रिया


काठमाडौ \ राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानले राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्याङ्कको विषय अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट राष्ट्रिय जनगणना २०७८ मा दलित समुदायको तथ्याङ्क विषयमा कार्यपत्र प्रष्तुती गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै प्रकारका तथ्याङ्कहरुको विष्लेषण गरेर करिब २० वटा थिमेटिक रिर्पोट प्रकाशन गर्ने तयारीमा लागेको जानकारी दिए । उनले जनगणनामा समेटिएको सबै जाति र समुदायको वास्तविक तथ्याङ्क चाँडै नै सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरे।

सचिव रायाले विभिन्न संवैधानिक अयोगहरुले जातजातीको विवरण उपलब्ध गराउने बित्तिकै राष्ट्रिय तथ्याङ्क कार्यालयले दलित समुदायको तथ्याङ्क सार्वजनिक गर्ने पनि बताए। कार्यक्रममा संघीय साँसदहरु हर्कमाया विश्वकर्मा,रणेन्द्र बराइली, सिता मिजार,रुक्मिणी राना बराइली बागमती प्रदेशसभा सदस्य बालकुमारी बिकको सहभागिता थियो । यसैगरी संविधानसभा सदस्य एवं पूर्वमन्त्री जीतु गौतम,पर्शुराम रम्तेल लगायत सहभागी थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व सदस्यहरु, पूर्व राजदुत लगायत दलित समुदायका विभिन्न संस्थामा कार्यरत नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिती थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मी,निर्देशक ढुण्डिराज लामिछाने लगायतले सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू