काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सो पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
आइतबार काठमाडौँ जिल्ला अदालतले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
सो पक्राउ पुर्जीको भत्र्सना गर्दै महासचिव विप्लवले हस्ताक्षरसहित ३ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
आन्दोलनअन्तर्गत मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्