मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )तपाइको विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अनावश्यक दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
प्रतिक्रिया दिनुहोस्