Ads

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना भएको हो । उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू