काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको पछिल्लो सेयर प्रकरणकाे छानबिन गर्ने बताएको छ ।
संसद्को अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेयर बिक्रीको अंक र प्रक्रिया नै शंकास्पद रहेको बताउँदै छानबिन हुने बताएका हुन् ।
“हामीले जब वेबसाइटमा खरिदबिक्रीको कुरा देख्यौँ अनि पत्र लेख्यौँ,” उनले संसदीय समितिसमक्ष भने, “हामीलाई जानकारी गराउनुपर्ने हो तर गराइएन । हामीलाई जवाफ आएको छ । सरकारले पनि छानबिन गर्ने भनेको छ । छानबिनको निर्णय आएपछि सोहीअनुसार अघि बढ्छौँ ।”
प्रतिक्रिया दिनुहोस्