काठमाडौं । सरकारलाई सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकृया रोकेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
“यो कारोबार अपारदर्शी र संसयपूर्ण छ । अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिदबिक्री रोक्नेर अनुसन्धान गर्नुपर्छ ।
३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको छ,” लेखा समितिले निर्णय गरेको छ ।
बैठकले अर्को बैठकमा यस बारेमा जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्