काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनको विशेष सहायक समेत रहेकी लाउबाचरले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।
भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार काठमाडौं आएकी लाउबाचर हिजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्