Ads

२०८० मंसिर २२ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने मौका छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् ।कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ ।समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ ।

Ads

सम्बन्धित पोष्टहरू