काठमाडाैं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिनबहादुर घलेलाई बिहीबार राति ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हाे ।
विमानस्थल प्रमुख नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । घलेसहित सो कार्यमा संलग्न गोरखाकै मिनबहादुर घलेलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।
चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मिनबहादुरको भएको सोधपुछका क्रममा खुलाएकोसमेत भन्सार कार्यालयले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्