Ads

काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद्


काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज नागढुंगाबाट दुई किलो सुन बरामद गरेको हो । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिनबहादुर घलेलाई बिहीबार राति ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू