हेटौँडा । मकवानपुरमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्युभएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नंबर ९ चित्लाङको भित्रि सडकमा भएको दुर्घटनामा मोटरसाईकल चालक ३० वर्षका मनोज गमालको मृत्यु भएको हो ।
काठमाण्डौँबाट चित्लाङ जाँदै गरेको बा ४ ख ८७७३ नंबरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प ४१७३ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका गमालको काठमाण्डौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्