Ads

नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट


काठमाडाैँ । सर्वोच्च अदालतमा अंगदान आफन्त र नातेदारले मात्र गर्न पाउने भनी भएको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै रिट दायर भएको छ।

निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्था सविधानको व्यवस्थासँग बाझिएको दावी रिटमा गरिएको छ।

यो व्यवस्थाले संविधानको बाँच्न पाउने हक हनन भएको दाबी रिटमा गरिएको छ।

निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएकोले बदर हुनुपर्ने रिटमा उल्लेख छ।

कानुनका विधार्थीहरु खेमबहादुर छन्त्याल डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

उनीहरुले मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा अंगदान लिनका लागि गरिएको बन्देजको व्यवस्था खारेजीको माग गरेका छन्।

 

 

Ads

सम्बन्धित पोष्टहरू