Ads

एमालेको संकल्प यात्रालाई अवरोध गर्ने गोपाल किरातीसहित एक दर्जन आन्दोलनकारी नियन्त्रणमा


काठमाडाैँ । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

केहीबेर अघि नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए।

‘प्रहरीले ठाउँ-ठाउँमा बम कसले राख्यो भन्दै उहाँलाई सोधेको रहेछ’, राईले भने, ‘केहीबेरअघि उहाँसहित १ दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।’  खोटाङ र भोजपुरबाट उनीहरू पक्राउ परेको राईले जानकारी दिए।

किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गरे।’

Ads

सम्बन्धित पोष्टहरू